भोजपुरमा स्थानिय संचित कोष व्यवस्थापन सम्वन्धी प्रशिक्षण शुरु, स्थानिय तहमा लेखा सम्वन्धी नयाँ प्रणाली लागु गरिदै


भोजपुर, २२ चैत्र ।
भोजपुर सदरमुकाममा स्थानिय संचित कोष व्यवस्थापन प्रणली सम्वन्धी जिल्ला स्तरिय प्रशिक्षण कार्यक्रम शुरु भएको छ । स्थानिय तहको लेखा प्रणालीलाई व्यावस्थित गर्दै वजेट तर्जुमा, त्यसको लेखाङ्कन प्रतिवेदन तयारसंगै छिटो छरितो र भरपर्दो तरिकाले कसरी काम गर्न सकिन्छ भन्ने ज्ञान दिने उद्धेश्यले कार्यक्रम सञ्चालन गरिएको हो ।

स्थानिय सरकार र प्रदेश सरकारलाई लक्षित गरि तयार गरिएको सो नयाँ सफ्वेयर प्रणालीले सहज र पारदर्शी ढंगले काम गर्न सकिने कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख गुरुभक्त श्रेष्ठले जानकारी दिए । यो प्रणाली चालु आर्थिक वर्षबाट जिल्लाका सवै स्थानिय तहमा सञ्चालनमा ल्याउने तयारी भईरहको श्रेष्ठको भनाई छ ।

विहिवारबाट तीन सम्म सञ्चालन हुने प्रशिक्षण कार्यक्रममा जिल्लाका दुई नगरपालिका र सात ओटा गाउँपालिकाका १८ लेखा र योजना सम्वन्धी काम गर्ने कर्मचारीको सहभागीता रहेको छ । तालिम कोष तथा लेखा नियन्त्रण कार्यालय, जिल्ला पेफा कार्यन्वयन इकाइको आयोजनामा गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार