भोजपुर, १० चैत्र ।
भोजपुरको अरुण गाउँपालिका –३ प्याउलीमा रहेको सरस्वती आधारभुत विद्यालयका विद्यार्थीहरु अकस्मात विरामी हुन थालेपछि विद्यालयमा रुद्री लगाइएको छ ।
अकस्मात विद्यार्थी हुन थालेपछि स्वस्ती शान्ती गरेमा त्यस्तो समस्या कम हुने स्थानियले वताएसंगै स्वस्ती शान्ती गरिएको विद्यालयले जनाएको छ ।
२०६८ सालबाट निरन्तर रुपमा विद्यार्थी अकस्मात विरामी हुने गरेको विद्यालयका प्रधानाध्यापक प्रशुराम कार्कीले जानकारी दिए । विद्यार्थीहरुमा एक्कासी रुने, कराउने, काम्ने, वेहोस वर्वराउने लगाएतको समस्या हुने गरेको प्रधानध्यापक कार्कीको भनाई छ ।
एक जना विद्यार्थी विरामी भएमा अन्य विद्यार्थीले देख्ने वित्तिकै १२ देखि १५ जना विद्यार्थीमा एकसाथ यस्तो समस्या हुने गरेको प्रधानध्यापक कार्कीले वताए ।