चैत ८ काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई) आजबाट सुरु हुँदैछ । यस वर्षको परीक्षामा नियमित र एक्ज्याम्टेडलाई फरक–फरक प्रश्न
यस वर्षको एसइईमा नियमित र एक्ज्याम्टेडतर्फका विद्यार्थीलाई फरक–फरक प्रश्नपत्र तयार गरिएको छ ।
यस वर्ष भोजपुर बाट नियमीत तर्फ, छात्रा, १ हजार ६ सय २० र छात्र १ हजार ३ सय २३, एक्जामटेड तर्फ १ सय ८५ जना छात्रा र १ सय १८ जना छात्र गरी कुल ३ हजार २ सय ४६ जना विद्यार्थी परीक्षामा सहभागी हुने जिल्ला शिक्षा कार्यालय भोजपुरका सहायक प्राविधीक तोत्र खड्काले जनाकारी दिए । आज विहान ८ बजे बाट सुरु हुने परिक्षाको पहिलो दिन अग्रेजी विषयको परिक्षा हुदै छ ।
अन्य विषयहरुकोे परिक्षा १७ गते र प्राविधिक विषयको २० गते सम्पन्न हुने शिक्षा कार्यालयले जनाएको छ । पिरीक्षाको अनुगमन जिल्ला परीक्षा समन्वय समिति शिक्षा कार्यालयले प्रत्येक केन्द्रको निरिक्षण गर्ने कार्यतालिका रहेको छ ।
परिक्षामा खटिने कोही कसैले अमर्यादित कार्य गरेमा शिक्षा ऐनमा व्यावस्था भए अनुरुप कारवाही हुने जिल्ला शिक्षा अधीकारी डम्बर ध्वज आङदेम्बले जानकारी दिए ।
त्यस्तै देशभर बाट भने एसइईमा चार लाख ८५ हजार ५ सय ८६ परीक्षार्थी सहभागी हुँदै छन् । १ हजार ९ सय ५६ केन्द्र निर्धारण गरिएको छ ।
परीक्षा सञ्चालनका लागि १ हजार ९ सय ५६ केन्द्राध्यक्ष, २ हजार ४ सय ५० सहायक केन्द्राध्यक्ष, २० हजार ३ सय ४० निरीक्षक, १० हजार ६ सय ७६ सहयोगी र २९ हजार ३ सय ४० सुरक्षाकर्मी परिचालन गरिएको छ ।