भोजपुरको एक स्वास्थ्य सस्थाले निशूल्क औषधी विक्री गरेको खुलासा


भोजपुर, ७ चैत्र । भोजपुर जिल्लाको एक स्वास्थ्य सस्थाले निशुल्क रुपमा वितरण गर्नु पर्ने औषधी विक्री गरेको पाइएको छ ।
भोजपुरको रामप्रसाद राई गाउँपालिकामा रहेको एक स्वास्थ सस्थाले नेपाल सरकारले निशुल्क रुपमा वितरण गरेको औषधी विक्री गरेको हो ।

महिनावारीका कारण अत्याधिक रत्तश्राप भएपछि सोही गाउँपालिका – ७ की रमिता बोगटि निशुल्क दिनु पर्ने स्लाइनको पैसा लिएको हो ।  वोगटीलाई स्वास्थ्य प्रमुख हेल्थ असिस्टेन्ट सोनु शाहले पैसा ४ सय रुपैया लिएको पिडीतको भनाई छ ।

सामान्य बजारमा समेत वढिमा ७५ रुपैया पर्ने स्लाइनलाई स्वास्थ्य संस्थामा चार सय रुपैया लिइएको हो । निःशुल्क औषधि वेच्ने प्रमुख शाह रामप्रसाद राई गाउँपालिकाको स्वास्थ शाखा प्रमुख समेत हुन् । निःशुल्क औषधिको पैसा लिएको थाहा पाएपछि वोगटि आफै वडा कार्यालयमा पुगेर वडा अध्यक्षलाई जानकारी दिएकी थिइन् ।

स्वास्थ्य संस्था रहेको वडा नंम्बर ५ का अध्यक्ष विरेन्द्र राईले पनि घट्नाको विषयमा जानकारी भएको वताए । यता जिल्ला स्वास्थ्य प्रमुख डाक्टर त्रिभुवन चन्द्र झाले पनि घट्नाको विषयमा जानकारी आएको र अध्ययन गरि आवश्यक कारवाही गरिने वताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार