आईजीपी बन्न ३ डीआईजीको दौड, को बन्ला नेपाल प्रहरीको नयाँ आईजीपी ?


नेपाल प्रहरीको नेतृत्व परिवर्तन हुन तीन साता बाँकी रहँदा प्रहरी महानिरीक्षक ९आईजीपी० का लागि तीन प्रहरी नायब महानिरीक्षक डीआईजी  हरु प्रतिस्पर्धामा रहेका छन् । आगामी २८ चैतमा नेपाल प्रहरीको नेतृत्व परिवर्तन हुन गइरहेका बेला डीआईजीहरु सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्की आईजीपीका प्रमुख दाबेदारका रुपमा रहेको राजधानी दैनिकमा खबर छ ।

राजधानी दैनिक खबरको अगाडि लेख्छ– वरीयतामा अहिले खनाल अगाडि छन् । खनालपछि खरेल र कार्की छन् । यी तीनै जना २९ माघ ०४६ मा प्रहरी निरीक्षक बनेका थिए । खनाल र कार्की प्रहरी निरीक्षकबाट सेवामा प्रवेश गरेका भए पनि खरेल भने प्रहरी सहायक निरीक्षक असई  बाट सेवामा प्रवेश गरेका हुन् ।

१ फागुन २०४५ मा असईमा सेवा प्रवेश गरेका खरेल, खनाल र कार्कीसँगै इन्स्पेक्टर बन्न सफल भएका थिए । खनाल, खरेल र कार्कीसँगै प्रहरी निरीक्षक बनेका उत्तम कार्की पनि आईजीपी बन्न लबिङ गरिरहेको दाबी राजधानी दैनिकको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार