भोजपुर, ३ चैत्र ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला साखा भोजपुरको ३४ औ जिल्ला सभा सम्पन्न भएको छ । जिल्ला सभा मार्फत आर्थिक वर्ष २०७३/ ७४ को वार्षिक प्रतिवेदन तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
सस्थाका वार्षिक प्रतिवेदन सस्थाका सदस्य पिताम्वर घिमिरे र आर्थिक प्रतिवेदन साखाका कोषध्यक्ष ध्रुवलाल श्रेष्ठले प्रस्तुत गरेका थिए । साथै साखाको आर्थिक वर्ष २०७५/७६ को प्रस्तावित कार्यक्रम तथा अनुमानित वजेट समेत प्रस्तुत गरिएको कार्यक्रम अधिकृत तेज श्रेष्ठले जानकारी दिए ।
साखाका सभापति तुल वहादुर सुव्वाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अथिति जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण खड्का रहेका थिए । कार्यक्रममा राजनैतिक दल, विभिन्न संघ सस्थाका प्रतिनिति साथै रेडक्रस सोसाइटीका जिल्ला भरका ३५ ओटा उप साखा मध्ये २५ ओटा उपसाखाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।