भोजपुरमा श्रीमान श्रीमती नै मृत फेला …


भोजपुर,२६ फागुन ।
भोजपुरको रामप्रसादराई गाउँपालिका वडा नं –६ वैकुण्ठेमा श्रीमान श्रीमती नै मृत भेटिएका छन् ।

विहिवार घरबाट वेपत्ता भएका स्थानिय ४२ वर्षिय प्रेमकुमार राई घर देखी करिव २ सय मिटर टाढा शुक्रवार मृत अवस्थामा भेटिएका थिए ।

राई घर नजिकै रहेको रुखमा आफुले लगाएको पेन्टको वेल्ट (पेटी) को पासो लगाएर झुण्डीएको र पेटीको पेटी घर चुँडिएर करिव ५ /६ फिट तल घोप्टे परेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक चरित्र विक्रम कार्कीले जानकारी दिए ।

घटना स्थलमा प्रहरी पुगेर श्रीमानको मुचूल्का तयार गर्दै गर्दा उनकी श्रीमती ३९ वर्षिय फुल कुमारी राई पनि मृत अवस्थामा भेटिएकी छिन् । उनी पनि एकएक हराए पछि खोजी गर्ने क्रममा आज दिउसो १ वजे श्रीमानले आत्माहत्या गरेको स्थान भन्दा एक सय मिटर तल झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

दुवै जनाको सवलाई आवश्यक प्रक्रिया पुरा गरि पोष्ट मार्टमको लागि जिल्ला अस्पताल भोजपुर ल्याइदै गरेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार