यस्तो छ भोजपुरमा बन्दको प्रभाव


भोजपुर २५ फागुन ।
आज र भोली नेपाल बन्द भनिए पनि भोजपरमा भने बन्दको प्रभाव खासै पेरको छैन । जिल्लामा विहानैबाट यातयातका साधानहरु सञ्चालनमा आएका छन् ।

नियमित रुपमा जति सख्यामा वस सञ्चालन हुनु पर्ने थियो सबै सञ्चालनमा नआए पनि दुई ओटा बस भने भोजपुरबाट धरान तर्फ लागि सकेका छन् भने धरानबाट आउने वस पनि गन्तव्य तर्फ लागि सकेको यातयात मज्दुर संघ भोजपुरका अध्यक्ष महेश राईले जानकारी दिए ।

भोजपुरका सबै ठाँउमा शुरक्षा व्यवस्था कडाई गरिएको र बन्द प्रभाव खासै नरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायव उपरिक्षक दिपेन्द्र पञ्जीयार थारुले जानकारी दिए ।

फागुन २५ र २६ गते रन्जित गुरुङ्ग समुहले वन्दको हल्ला गरेको थियो । बन्दको प्रचार गर्दै हिँडेका पूर्व जनमुक्ति लडाकू समूहका अध्यक्ष रञ्जित गुरुङ विहिवार नै पक्राउ परेका छन् । नेपाल बन्द भनेर समाजमा आतंक फैलाएको गुनासो आएपछि उनलाई पक्राउ गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार