भोजपुरमा लेखापालको कारण रोकियो, भुकम्प पीडितको ‘अनुदान’


भोजपुर, २३ फागुन ।
लेखापाल नहुँदा भोजपुरका भुकम्प पीडितको रकम तीन महिनाबाट रोकिएको छ । जिल्ला समन्वय समितिमा लेखापाल नहुँदा पीडितको पहिलो किस्ता कै अनुदान रकम वितरण कार्य प्रभावित भएको हो ।

समवन्य समितिका कार्यरत लेखापाल तथा लेखा अधिकृत अन्यत्र सरुवा भए पछि काम गर्न समस्या भएको हो । कार्यालयलमा लेखापालको नै दर्वन्दी खाली हुँदा कार्यालयका दैनिक कामकाजसंगै भुकम्प पीडीतले पाउनु पर्ने अनुदान रकम वितरण समेत रोकिएको जिल्ला समन्वय समितिले जनाएको छ ।

एक जना लेखापाल भदौमा र लेखा अधिकृतको पौष महिनामा सरुवा भएसंगै पौष महिनाबाट नै भुकम्प पीडित अनुदान रकम वितरण कार्य रोकिएको हो । कोष तथा लेखा नियन्त्रण कार्यालय भोजपुरले एक जना लेखापालको व्यावस्था गरि पठाएको भए पनि ती लेखापालले पनि जिल्ला समन्वय समितिमा काम गर्न नसक्ने भन्दै फर्किएको भुकम्पिय निजि आवास पुनः निर्माण आयोजना जिल्ला समन्वय समिति भोजपुरका फोकल पर्सन धनकुमार राईले जानकारी दिए ।

स्थानिय तहबाट सम्झौता गरेर जिल्ला समन्वय समितिमा आएका पीडितहरुलाई तत्कालै वैक मार्फत भुक्तानी दिने व्यावस्था मिलाउने गरेको भए पनि लेखापालको कारण पछिल्लो समय काम प्रभावित वनेको राईको भनाई छ । हाल सम्म ५ हजार ७ सय ४९ पुर्ण क्षति भएको विवरण मध्ये ५ हजार एक सय घर परिवारलाई पहिलो किस्ताको रकम वितरण गरि सकेको र करिव ६ सय घर परिवारलाई विविध कारणले रकम वितरण गर्न नसकेको उनको भनाई छ ।

त्यस्तै आंशिक क्षतिमा परेका ४ सय ५३ सेवाग्राहीको नामावली प्राप्त भएको र उनिहरुको पनि स्थानिय तहको गाउँपालिका तथा नगरपालिकाको वडा कार्यालयबाट सम्झौता भईरहेको फोकल पर्सन राईको भनाई छ ।

उनले भने ‘हामीले स्थानिय तहबाट सम्झौता भएर आएका कुनै पनि सेवाग्राहीको रोकेका थिएनौ तर पौष महिनाबाट भने लेखापाल नहुँदा अनुदान रकम वितरणको काम ठप्प छ ।’
यता सेवाग्राहीले लेखाका कर्मचारी नहुँदा आफूहरुले पटक– पटक दुखः पाएको गुनासो गरेका छन् । साथै सरोकारवालाले यस तर्फ ध्यान दिन माग समेत गरेका छन् ।
भोजपुर जिल्लामा गत अर्थिक वर्षमा १३ करोड रकम वितरण गरिएको जनाइएको छ।  तर यो आर्थिक वर्षमा पीडितको लागि २० करोडको अख्तियारी आएको भए पनि लेखापाल नभएकाले ठ्याक्कै कति रकम वितरण भयो भन्न सक्ने अवस्था नरहेको भुकम्पिय निजि आवास पुनः निर्माण आयोजना भोजपुरले जनाएको छ ।  भोजपुरमा १० हजार ४ सय २६ भुकम्प पीडित घर सर्वेक्षण गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार