भोजपुर, ११ फागुन ।
भोजपुरको वोखिममा ट्याक्टर दुर्घटना हुँदा एक जना घाइते भएका छन् ।
शुक्रवार वोखिमको आहालेमा को २ त ६८६५ नम्वरको ट्याक्टर दुर्घटना हुँदा भोजपुर नगरपालिका –७ वस्ने ६३ वर्षिय उमा कुमारी तामाङ्ग घाइते भएकी हुन् ।
घाइते तामाङ्गको जिल्ला अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दाउरा लिएर भोजपुर सदरमुकाम तर्फ आउदै गरेको ट्याक्टर अनियन्त्रित दुर्घटना भएको प्रहरीको भनाई छ ।
विहिवार वेलुका पनि भोजपुरको शनिवारे हटिया नजिकै ट्याक्टर दुर्घटना हुँदा एक जना घाइते भएका थिए ।
दुर्घटनामा भोजपुर देउराली घर भएका चालक २७ वर्षिय विसाल तामाङ्ग घाइते भएका हुन् ।