धनकुटाको आमहड्ताल ७ दिनका लागि स्थगित, यस्तो छ अवको आन्दोलन !!


धनकुटा, ८ माघ ।
धनकुटामा ६ दिनदेखि जारी अनिश्चितकालिन आमहड्ताल सोमबार साँझबाट स्थगित गरिएको छ । धनकुटा सदरमुकाममा साँझ सम्पन्न आन्दोलन परिचालन समितिको बैठकले आमहड्ताल फिर्ता लिने निर्णय गरेको हो ।

आमहड्ताल फिर्ता लिएर आन्दोलनको स्वरुप परिवर्तन गरिएको आन्दोलन परिचालन समिति संयोजक सुन्दरवावु श्रेष्ठले जानकारी दिएका छन् । उनका अनुसार मंगलबारबाट १२ देखि १ बजेसम्म १र१ घण्टा चक्काजाम गरिनेछ । ७ दिनसम्म एक घण्टे चक्काजाम जारी रहनेछ ।

सरकारलाई ७ दिने अल्टिमेटम, बार्ता वोलाएर माग संबोधन नगरिए पुनः आमहड्ताल
आन्दोलन परिचालन समितिले सरकारलाई ७ दिन भित्र बार्ता बोलाएर माग संबोधन गर्न अल्टिमेटम दिएको छ ।

सो अवधिमा पनि वार्ता नबोलाए १५ गतेबाट पुनः अनिश्चितकालिन आमहड्ताल आवहान गरिने आन्दोलन परिचालन समिति सदस्य जयन्द्र प्रधानले जानकारी दिएका छन् । सरकारले १ नम्बर प्रदेशको अस्थायी मुकाम बिराटनगर तोकेको बिरोधमा धनकुटाबासीले आन्दोलनलाई चर्काउँदै आमहड्ताल आवहन गरेका थिए । तर, सरकारलाई ७ दिने अल्टिमेटम दिएर आन्दोलनको स्वरुप परिवर्तन गरिएको हो ।संगालोखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार