भोजपुर अस्पतालको शल्यक्रिया सेवा सञ्चालनको तयारी, यसरी गरिदैछ काम !


भोजपुर, ७ माघ ।
जिल्ला अस्पताल भोजपुरको करिव २ वर्ष अघिबाट वन्द रहेको शल्यक्रियाबाट गरिने प्रशुति सेवा सञ्चालनको तयरी गरिएको छ । सेवा यो महिनाको अन्त्यतिरबाट सञ्चालन आउने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

शल्यक्रिया भवनको कोठाको वाइयरिङ्ग जलेको र वती लगाएत अन्य उपकरणहरुमा केहि समस्या देखिएको कारण यसअघि चाडै सञ्चलान ल्याउने भनिए पनि सञ्चालनमा आउन सकेको थिएन। अहिले सो भवनको अप्रेषण थ्रेटरको पुननिर्माणको काम अन्तिम चरणमा पुगेकोले यो महिना भित्रमा सेवा सञ्चालनमा आउने जिल्ला स्वास्थ्य कार्यालय भोजपुरका प्रमुख डाक्टर त्रिभुवन चन्द्र झाले वताए ।

पुन निर्माणको काम गत मंसिर महिनाबाट शुरु भएको हो । पुन निर्माणकोे लागि जिल्ला अस्पतालको २० प्रतिशत र वानहर्टको ८० प्रतिशत गरि ९ लाख ९४ हजार रुपैया खर्च भएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार