भोजपुर, २० पौष ।
भोजपुरको घोरेटारमा विद्युत चोरी गरिएको पाइएको छ । विहिवार भोजपुर वितरण केन्द्रबाट गएको टोलीले छड्के अनुगमनको क्रममा चोरी भएको फेला पारेको हो ।
घोडेटार बजारका अजय मोक्तानको घरको लाइन वाइपास गरि ग्यारेजमा चलाएको पाइएको नेपाल विद्युत प्राधिकरण भोजपुर वितरण केन्द्रका प्रमुख खगेन्द्र भण्डारीले जानकारी दिए ।
अनुगमनको क्रममा चोरी गरेको भेटिए पछि मुचुल्का तयार गरी मोक्तानको लाइन काटिएको प्रमुख भण्डारीको भनाई छ । मोक्तानलाई लाइन चोरी गरि सञ्चालन गरेको उपकरणले विद्युत खपत गरेको आधारमा जरिवाना गरिने भण्डारीको भनाई छ ।
३५ घरमा गरिएको अनुगमनमा मिटर चेकजाँच, शिलवन्दी लगाएत कार्य गरिएको जनाइएको छ । घोडेटार वजारमा गत कात्तिक महिनाबाट विद्युत वलेको थियो । सो क्षेत्रका ८० वढी घरले विद्युतको उपभोग गरिरहेको नेपाल विद्युत प्राधिकरण भोजपुर वितरण केन्द्रको भनाई छ ।