भोजपुर क्याम्पसबाट कुवेर राईको विदाई


भोजपुर, २० पौष ।

 भोजपुर बहुुमुखी क्याम्पसमा ८ वर्षदेखि कार्यरत कार्यालय सहायक कुवेर राईको विहिवार एक कार्यक्रमका बीच बिदाई गरिएको छ ।
त्रिवि कर्मचारी संघ क्याम्पस इकाइ समितिको आयोजनामा राईलाई बिदाई गरिएको समितिका सचिव ममिना थापाले वताइन ।
त्रिवि कर्मचारी संघ क्याम्पस इकाइ समितिका सभापति भीमप्रसाद राईको अध्यक्षता, निमित्त क्याम्पस प्रमुख उत्तमसिं राईको प्रमुख आतिथ्यतामा बिदाई कार्यक्रम सम्पन्न भएको हो ।


कार्यक्रममा बिदाई भएर जान लाग्नु भएका कर्मचारी कुवेर राईलाई प्रमुख अतिथि उत्तमसिं राई, शिक्षाशास्त्र संकायका कार्यक्रम संयोजक अर्जुन तामाङ्ग, पूर्व निमित्त क्याम्पस प्रमुख निमा शेर्पा, विद्यार्थी कल्याण प्रमुख शरणकुमार राई, प्रजातन्त्रवादी कर्मचारी संघका सचिव नोदनाथ त्रिताल, प्रगतिशिल कर्मचारी संगठनका सचिव दाकिमा शेर्पा, राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष विष्णुकुमार मिजार लगायतले आगामी दिनमा उहाँको उक्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गरेका थिए ।

त्रिवि कर्मचारी संघ क्याम्पस इकाई समितिका पूर्व सभापति समेत रहनुभएका राईको विश्वभाषा क्याम्पस, प्रदर्शनीमार्ग काठमाडौमा हालै सरुवा भएको हो । बिदाई कार्यक्रममा बोल्दै राईले आफ्नो शैक्षिक उन्नयनको लागि सरुवा भई काठमाडौ जानुपरेको वताए । राई विगत निरन्तर क्याम्पसको लेखा शाखामा कार्यरत रहँदै आएका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार