आँसुमा डुब्यो तिलाठीस् छठ मनाएर फर्किएका आफन्त दुर्घटनामा परेपछि‘


धादिङ १२ कार्तिक

धादिङको गजुरीमा शनिबार बिहान भएको बस दुर्घटनामा जिल्लाकै २५ जनाको मृत्यु भएपछि सप्तरी शोकमग्न बनेको छ । मिथिला क्षेत्रको महत‍्वपूर्ण पर्व छठ मनाएर फर्किएका आफन्त दुर्घटनामा परेको खबरसँगै सप्तरी आँसुमा डुबेको हो । दुर्घटनामा तिलाठी कोइलाडी गाउँपालिका १, तिलाठीका मात्रै एकै परिवारका चार जनाको मृत्यु भएको छ भने एक बालक बेपत्ता छन् ।गाउँमा बिहानैदेखि रुवाबासी छ ।

पण्डित रमानाथ झाका जेठा छोरा सञ्जित, कान्छा छोरा अञ्जित, सञ्जितकी श्रीमती सिमी, उनका छोरा नौ वर्षीय अभिनवको मृत्यु भएको हो । सञ्जितका कान्छा छोरा तीन वर्षीय प्रतीक झा बेपत्ता छन् । परिवारै दुर्घटनामा परेको खबरले ९० वर्षीय रमानाथ र ८० वर्षीया निर्मला बेहोस छन् । निर्मलालाई सलाइन पानी चढाइएको छ । उनीहरूलाई छोरा, बुहारी र नातिहरू घाइते भएको मात्र जानकारी दिइएको छ ।

यसैगरी, सञ्जितका साला राजविराज(१६ का बिटु भनिने अनुज झा र ठूली सासूआमा चन्द्रावती झाको समेत ज्यान गएको छ । सञ्जितकी साली पूजाकुमारी झा अझै बेपत्ता छिन् । यसैगरी, बोदे बर्साइन नगरपालिका(३, मानराजाका शिक्षक चतुरनारायण प्रमाणीका छोरीहरू चन्द्ररेखा, चन्द्रलेखा, चित्ररेखा र चित्रलेखाको ज्यान गएको छ । यस्तै, अग्निसाइर कृष्णसबरन गाउँपालिका(४, बनौलीका योगेन्द्र यादवकी श्रीमती सुधिरा र छोरी पाँच वर्षीया समीक्षाको मृत्यु भएको योगेन्द्रका भान्जा विद्यानन्द बेदर्दीले जानकारी दिएका छन् ।

सैनिक मुख्यालयमा इन्जिनियर पदमा कार्यरत राजविराज(१३ का ऋषि आनन्द देव, बोदे बर्साइन(२ का आदित्य यादव, आशिकीकुमारी यादव, समीक्षाकुमारी यादव, बोदे बर्साइन(३ की मानवी यादव, बोदे बर्साइन(२ का सुरेन्द्र चौधरी, पशुपति चौधरी, शम्भुनाथका सुदीप चौधरी, राजविराज(१४ का आदित्य झा, बसका सहचालक राजविराज(१५ का नरेश मुखिया, नेंगडाका पार्वती चौधरी, सुशान्त चौधरी, नर्घो(३ का रामानन्द यादव, महदेवा(९ का प्रमोद इसरको दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ । अन्नपूर्ण पोस्टमा खबर छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार