तीन दिन अगाडि बेपत्ता भएका कर्ण जंगलमा मृत फेला


राजविराज । सप्तरी सप्तकोशी नगरपालिका–८ स्थित जंगलमा आज एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । सोही नगरपालिका–१ फतेपुर बस्ने २८ वर्षीय रणधिरणलाल कर्ण मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

मृतकको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्र नारायण सिँह सगरमाथा अञ्चल अस्पतालमा ल्याएको छ भने घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ । तीन दिनअगाडि कर्ण बेपत्ता भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार