भोजपुरमा दुई महिला सहित ४ जना प्रहरी नियन्त्रणमा ..


भोजपुर, १ चैत्र । जिल्ला प्रहरी कार्यालय भोजपुरले विद्यालयको वार्षिक उत्सवको कार्यक्रममा तोडफोड गरेको आरोपमा चार जनालाई सार्वजनिक मुद्धा चलाएको छ ।

भोजपुरको उत्तरी भेग साल्पासिलिछो गाउँपालिका – ४ खाटम्मा मा रहेको साकेचुङ प्राथमिक विद्यालयको गत फागुन १८ गते भईरहेको वार्षिक उत्वसवको कार्यक्रम विथोल्न खोजेको उजुरीको आधारमा प्रहरीले उनिहरुलाई नियन्त्रणमा लिएको हो ।
उनिहरुलाई विहिवार सदरमुकाममा ल्याएर सार्वजनिक मुद्धामा म्याद थप गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

सो विद्यालयकी प्रधानाध्यपक डोमा शेर्पाले दिएको उजुरीको आधारमा सोही गाउपालिका वडा नं –४ का १८ वर्षीय मनोज तामाङ्ग, ५५ वर्षीय वुद्धमाया तामाङ्ग, २५ वर्षीय पदम कुमारी तामाङ्ग र ३९ वर्षीय काजी तामाङ्गलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनीहरुले भने भाषण गर्ने क्रममा तामाङ्ग सामुदायलाई हेप्ने तरिकाको अभिव्यक्ती दिएकोले मञ्चमा तोडफोड गरेको वयान दिएको प्रहरीको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार