प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्चमा रिट


काठमाडौ २३ फागुन ।

संसदको सपथ ग्रहण नै नगरी प्रधानमन्त्री बनेको भन्दै केपी शर्मा ओलीविरुद्ध सर्वोच्चमा रिट परेको छ ।

 

 

सपथ नलिई प्रधानमन्त्री बनेको भन्दै अधिवक्ता यज्ञमणि न्यौपानेले बुधबार रिट दायर गर्नुभएको हो । सपथ नलिई संसदले नचिन्ने र त्यस्ता व्यक्ति प्रधानमन्त्री बन्न नसक्ने न्यौपानेको रिटमा भनिएको छ ।  मुद्दाको रिटमाथि आउँदो शुक्रबारका लागि पेसी तोकिएको छ ।

 

एमाले अध्यक्ष समेत रहेका ओली फागुन ३ गते शेरबहादुर देउवाले राजिनामा दिएलगत्तै प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार