भोजपुरमा चौतारी र सेन्टरको संयुक्त सचिवालय गठन, महासंघमा लागेको ताला खुल्यो 


नेपाल पत्रकार महासंघ जिल्ला साखा भोजपुरमा लगाइएको ताला खोल्दै दुवै संगठनका अध्यक्षहरु ।

भोजपुर, २२ कात्र्तिक  ।

भोजपुर जिल्लामा पनि प्रेश चौतारी नेपाल प्रेश सेन्टरले संयुक्त सचिवालय गठन गरेका छन् । दुवै संगठनहरुको केन्द्रमा सचिवालय गठन भएकोसंगै भोजपुरमा पनि सचिवालय गठन गरिएको हो ।

सचिवालय गठनसंगै प्रेश चौतारीको तर्फबाट किरण राई संयोजक र प्रेस सेन्टरको तर्फबाट राजन राई सचिव रहने गरि ७  सदस्य सचिवालय समिति गठन गरिएको छ । साथै प्रेश सेन्टर सहितको अन्य संगठनले पत्रकार महासंघ जिल्ला साखा भोजपुरमा लगाएको ताला समेत खोलिएको छ । दुवै संगठनले सहकार्य गरि अगाडी वढ्ने सहमतीसंगै ताला खोलिएको हो ।

प्रेश सेन्टरले यस अघिका दिनमा पत्रकार महासंघ जिल्ला विरुद्ध गरेको गतिविधि नदोहोराउने आगामी दिनमा सहकार्य गरेर अगाडी वढ्ने सहमती भएको प्रेश चौतारी नेपालका केन्द्रिय सदस्य एक्सन राईले जानकारी दिए । दुवै संठगनले संयुक्त प्रेश विज्ञाप्ती जारी गर्दैै सचिवालय गठनसंगै  सहकार्यमा अगाडी वढ्ने  जनाएको छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार