विश्वकप फुटबलको पुरस्कार राशि बढ्यो विजेताले तीन करोड ५८ लाख अमेरिकी डलर पाउने


भारत ,१० कात्तिक
फुटबलको अन्तर्रा्ष्ट्रिय महासंघ (फिफा)ले सन् २०१८ का लागि विश्वकपको पुरस्कार राशिमा सन् २०१४ को तुलनामा १२ प्रतिशतले वृद्धि गरी ४० करोड अमेरिकी डलर बनाउने भएको छ ।
फिफाले पुरस्कार राशि बढाइएको बिषयमा शुक्रबार सञ्चारमाध्यमसँगको कुराकानीका क्रममा जनाएको छ ।
ब्राजिलमा भएको विश्वकपमा पुरस्कार तय गरेको थियो भने विश्वकप विजेता जर्मनीले तीन करोड ५० लाख पाएको थियो । त्यसैगरी उप–विजेता अर्जे्न्टिनाको फुटबल समूहले दुई करोड २५ लाख पाएको थियो ।
विश्वकप फुटबलको ‘ग्रुप स्टेज’मा पुग्नै नसक्ने सहभागी समूहले पनि समेत ८० लाख पाएका थिए ।
विश्वकप फुटबलको सञ्चालन समूह फिफा काउन्सिलको कलकत्तामा भएको बैठकले सन् २०२६ मा हुने विश्वकपका लागि आवश्यक पर्ने बोलपत्रसम्बन्धी कानूनलाई शुक्रबार अनुमोदन गरेको छ । बैठकले बोलपत्र मूल्याङ्कन कार्यसमितिका सदस्यहरूको पनि नियुक्ति गरेको छ ।
त्यसैगरी परिषद्ले फिफाका आगामी वर्ष संयुक्त अरब इमिरेट्समा हुने क्लब विश्वकप, सन् २०१९ मा फ्रान्समा हुने महिलातर्फको विश्वकपलगायतको केही प्रतियोगिताहरूको मितिसमेत तोकेको छ ।
सन् २०१८ को क्लब विश्वकप डिसेम्बर १२ देखि २२ सम्म हुनेछ भने महिलातर्फको विश्वकप सन् २०१९ को जुन ७ मा शुरु भै जुलाई ७ मा सकिने छ । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार