हतुवागढीद्धारा ५४ करोड ७९ लाख बजेट पेश


गणेश विष्ट
भोजपुर, १० असार ।
हतुवागढी गाउँपालिकाको १९ औँ सभा मार्फत आर्थिक २०८३/०८४ नीति तथा कार्यक्रम पेश गरिएको छ । गाउँसभा समक्ष गाउँपालिका उपाध्यक्ष सुनिता किरातीले चालु र पुँजीगत गरी कुल ५४ करोड ७९ लाख बजेट पेश गर्नुभयो ।भौतिक पूर्वाधार, पर्यटन, शिक्षा, स्वास्थ्य, खेलकुद लगायतको क्षेत्र पनि प्राथमिकता साथ बजेट विनियोजन गरिएको छ ।
गाउँपालिकाले किसानको उत्पादन वृद्धि, व्यावसायिकीकरण तथा आयआर्जनमा टेवा पु¥याउने उद्देश्यले बजेट विनियोजन गरेको जनाएको छ।


गाउँपालिकाका अनुसार निर्वाहमुखी कृषि प्रणालीलाई व्यावसायिक बनाउने लक्ष्यसहित तरकारी, रोग नियन्त्रणका विषादी, बिउबिजन तथा कृषि उपकरण खरिदमा सहुलियत प्रदान गरिनेछ।
यस्तै, प्रदेश सरकार,गाउँपालिका, वडा र स्थानीय समुदायको लगानीमा अदुवा ब्लक भवनमा प्रशोधन केन्द्र स्थापनाको लागि ७ लाख बजेट विनियोजन गरेको छ । अनुदानमा ९ वटै वडामा हल गोरु वितरणको लागि रु ५ लाख, ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरणको लागि रु. ६ लाख, मौरी पालन प्रर्वद्धनका कार्यक्रमका लागि रु ४ लाख, आकस्मिक बाली संरक्षण कार्यक्रम तर्फ रु ४ लाख ५० हजार विनियोजन गरिएको छ ।
उत्कृष्ट कृषक सम्मानसहति कृषि क्षेत्रको समग्र विकासका लागि कुल रु. ४८ लाख बजेट विनियोजन गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले जानकारी दिनुभयो ।


पशुपालनतर्फ पनि गाउँपालिकाले विशेष प्राथमिकता दिएको छ। दूध उत्पादन वृद्धि गर्न ५० प्रतिशत अनुदानमा गाई÷भैंसी पालन कार्यक्रमका लागि ७ लाख ५० हजार रुपैयाँ छुट्याइएको छ। पशुमा देखिने विभिन्न रोग नियन्त्रणका लागि खोप कार्यक्रम सञ्चालन गर्न तथा आवश्यक औषधि खरिदका लागि ६ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। यसैगरी ७५ प्रतिशत अनुदानमा भेडा प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्न ३ लाख रुपैयाँ बजेट व्यवस्था गरिएको छ। नीति तथा कार्यक्रम सार्वजनिक गर्दै गाउँपालिका प्रेमकुमार राईले जनताको आवश्यकता ध्यानमा राख्दै बजेट, नीति तथा कार्यक्रम तयार गरिएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार