स्थानीय तहका पशुशाखामा कार्यरत प्राविधिक तथा कर्मचारीसँग समन्वय बैठक सम्पन्न


भोजपुर, १५ असोज । भोजपुरमा पशुचौपायामा लाग्ने विभिन्न रोग, रोकथाम तथा माहामारी फैलिएमा कसरी निराकरण गर्ने भन्ने विषयमा समन्वयत्मक बैठक सम्पन्न भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भोजपुरले स्थानीय तहमा कार्यरत प्राविधिक तथा कर्मचारीहरुसँग आवश्यक रणनीति तयार गर्न समन्वय बैठक गरेको हो ।

स्थानीय तहरुको पशु शाखामा कार्यरत प्राविधिक तथा कर्मचारीहरुले आफ्नो स्थानीय तहमा भईरहेको काम र भावी दिनमा गर्न सकिने योजना तथा कार्यक्रम विषयमा सल्लाह सुझाव दिएका छन् । पालिकाका प्राविधिक तथा कर्मचारीहरुसँग हाल भइरहेका काम तथा भावी दिनमा सञ्चालन हुने कार्यक्रमलाई थप प्रभावकारी बनाउने विषयमा छलफल गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भोजपुरका प्रमुख सुन्दरलाल यादवले जानकारी दिनुभयो ।

वैठकमार्फत राष्ट्रिय खोरेत रोग नियन्त्रण अभियान सञ्चालनको विषयमासमेत छलफल गरिएको उहाँको भनाइ छ । “पशुमा देखिने विभिन्न रोग तथा त्यसको निराकरणको लागि गर्न सकिने कामको विषयमा छलफल गरेका छौँ”उहाँले भन्नुभयो,“विभिन्न खालका योजना निर्माण लागि हामीले प्रत्येक त्रैमासिकमा यस्तो खालको कार्यक्रम गर्दै आएका छौँ । यो पटक पनि विभिन्न विषयमा निर्णय गरेर कामको थालनी गरेका छौँ ।”

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार