आमचोकको १४ औँ गाउँसभा सम्पन्न, ४४ करोड ६७ लाख बराबरको बजेट सार्वजनिक


भोजपुर, ११ असार । समृद्ध आमचोक गाउँपालिकासुखी सुसंस्कृत आमचोकबासी ’ भन्ने नाराका साथ आमचोक गाउँपालिकाको १४ आँै गाउँ सभा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०८०/ ८१ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँसभा मार्फत ४४ करोड ६७ लाख ६१ हजार बराबरको बजेट सार्वजनिक गरेको छ ।

सभा मार्फत चालु तर्फ ३० करोड २६ लाख ३२ हजार र पुँजीगत तर्फ १२ करोड ८९ लाख ५९ हजार बराबरको बजेट गाउँपालिका उपाध्यक्ष सिता राईले सार्वजनिक गरेकी हुन् । सामाजिक विकासर, भौतिक पूर्वधार,आर्थिक विकास, वातावरण तथा विपत व्यवस्थापन र संस्थागत विकासको आवश्यकताको आधारमा बजेट विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत धनकुमार राईले बताए ।

केन्द्र सरकार र प्रदेश सरकारबाट आउने बजेट कटौती हुँदा योजना सञ्चालन तथा व्यावस्थापनमा असहजता भएको गाउँपालिका अध्यक्ष असोक राईले बताए । सिमित बजेटमा पनि स्थानीयका अधिकतम आवश्यकतालाई समेट्ने कोशिस गरिएको अध्यक्ष राईको भनाइ छ । गाउँपालिका भित्रका नयाँ सडक विस्तारको काम भने बन्द गरिएको अध्यक्ष राईले जानकारी दिए । सभाले विनियोजन विद्येयक २०७९ र आर्थिक संधोधन विद्येयक सर्वसम्मत रुपमा पारित गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार