ध्रुवराज राईको नेतृत्वमा फेरिएको टेम्केमैयुङको मुहार !


भोजपुर, १८ बैशाख । स्थानीय तहमा सफल सक्षम नेतृत्व आएमा विकासले फड्को मार्न सक्छ भन्ने उदाहरण यस गाउँपालिकाले देखाएको छ । भूगोलले निकै विकट र ठुलो क्षेत्र रहेको यो स्थानीय तह दक्षिणमा पिखुवा खोलादेखी उत्तरमा मैयुङ डाँडासम्म फैलिएको छ । तर यहाँका कुना कुनाका स्थानीयले अहिले विद्युत्को केन्द्रीय प्रशारण लाइनको उपभोग गरिएका छन् । विजुली बलेपछि यहाँका स्थानीय हर्षित छन् ।
विद्युत् विस्तार भएपछि अहिले तिनको दैनिकीमा नै परिवर्तन आएको छ।  स्थानीय तहका कुनाकुनाका बासिन्दाले अहिले विद्युत्को केन्द्रीय प्रसाण लाइनको उपभोग गरेका छन्।

गाउँपालिकाको करिब ६ करोड रुपैयाँ तथा नेपाल विद्युत् प्राधिकरणको बाँकी आर्थिक–प्राविधिक सहयोगमा यहाँका विकट स्थानमा विद्युत् विस्तार भएको छ। प्रदेश १ मा रहेका १३७ स्थानीय तहमध्ये ‘उज्यालो गाउँपालिका’ घोषणा गर्ने पहिलो स्थानीय तह हो। यसलाई गत वर्ष कात्तिकमा उज्यालो गाउँपालिका घोषणा गरिएको हो।

आफुले गाउँपालिकाको पाँच वर्ष नेतृत्व सम्हाल्दा चुनावका समयमा घोषणापत्रमा उल्लेख गरिएअनुसार विद्युत् विस्तारमा पूर्णता दिइएको र त्यससँगै पर्यटन, सडक विस्तार तथा आवश्यक पूर्वाधार निर्माणमा पनि काम गरेको ध्रुवराज राईले बताए।

‘मैले जनतालाई दिएको वचनअनुसार काम गरेको छु’ राईले भने, ‘ठूलो भूगोल भए पनि मैले यहाँका गाउँबस्ती उज्यालो बनाएको छु। विद्युत् विस्तारमा जनतासँगै कर्मचारी तथा प्राविधिकको ठूलो साथ पाएँ। म आफैँ पोल गाड्न र तार टाँग्न हिँडेँ। जनताले प्रत्यक्ष देखेका छन्। भौगोलिक विकटताका कारण विद्युत् लाइन विस्तार गर्न निकै कठिन भए पनि त्यसलाई सम्भव बनाएर मैले मेरो लक्ष्य पूरा गरेँ।’ एउटादेखि दुई घरसम्मका विद्युत् पुर्याउन कुनैकुनै स्थानमा रु १९ लाखसम्म खर्च भएको उनले जानकारी दिए ।

विद्युत् वाल्ने एउटा अभियान पुरा भएपनि कोशिस गर्दा गर्दै टेम्केमैयुङलाई समृद्ध बनाउन तयार गरेका केहि काम अधुरा रहेकोले पुनः गाउँपालिका अध्यक्षको उम्मेदवार दिएको राईले बताए । राईले भने,‘ मेरो गाउँपालिकाको विकासका लागि मैले धेरै गर्नु छ । विद्युत् बाल्ने सपना पुरा भएको छ । पाँच वर्षको कार्यकालमा मेरो योजनामा रहेका केहि काम अधुरा छन् । त्यो कामलाई पूर्ण रुपमा सम्पन्न गराउन चुनावमा होमिएको छु । निर्वाचन जितेर आएर पुनः योजनाबद्ध रुपमा थालिएको कामको निरन्तरतामा लाग्छु । विगतका कामलाई हेरेर टेम्केमैयुङका जनताले मेरो नेतृत्वको सरकार खोजेका छन् ।’ जनपक्षिय काम गर्दा नेपाली समाजमा खुट्टा तान्ने प्रविधि रहेको प्रति राईले दुखेसो गरे । विद्युत् बलेको देख्न नसक्ने विपक्षी दलले जनतामा गलत सूचना प्रवाह गरिरहेको प्रति राईले आक्रोस पोखे ।

राईले भने,‘ यहाँ केहि विकास विरोधी विपक्षी दलका साथीहरुले जनतामा गलत ढंगले प्रचार गरेको मैले सनेको छु । ध्रुर्वेले पोल खरिदमा पैसा खायो भनेर लाउ छरे । म चुनौतीका साथ बन्न सक्छु । जिल्लामा अन्य स्थानीय तहहरुले पनि त्यो आर्थिक वर्षमा पोल खरिद गरेका छन् । उनीहरुले मैले खरिद गरेको भन्दा चार हजारसम्म बढी मुल्य हालेका छन् । जनतालाई हसाउन मैले काम गर्दा मेरो बद्नाम गर्न खोज्ने ? म सानो सपना बोकेर हिडेको मान्छे होईन । मेरो क्याविनेटको मेम्बर बन्ने लक्ष्य छ । विपक्षीले भने जस्तो काम गरेर के मेरो राजनितिक जिबन खरानी पार्नु ? ध्रुर्वे जहिले तल्लो तहको नागरिकको पक्षमा हुन्छ ।’

‘हाम्रो गाउँसम्म विद्युत् आउला भन्ने हामीले सोचेकै थिएनौँ। स्थानीय तहको सरकार आएपछि हाम्रो जस्तो विकट ठाउँमा विद्युत् बल्यो। गाउँपालिकाकाले गरेको यो काम निकै प्रशंसा गर्नलायक छ’, वडा नं २ रुमला पञ्छीका फुर्तेन्जी शेर्पाले भने। उनका अनुसार अलिक हुनेखानेले सोलार बालेका थिए तर त्यो पनि चिसो तथा हुस्सुका कारण प्रयोग ल्याउन समस्या थियो। ‘टुकी बत्तीको उज्यालोमा बस्दै आएका हामीले अब नेट इन्टरनेट चलाउन पाएका छौँ। टेलिभिजन हेर्न पाएका छौँ। विद्युतीय मिल चलाउन पाएका छौँ। अहिले हाम्रो दैनिकी नै फेरिएको छ’, उनले भने।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार