करुणा फाउडेसन भोजपुरको सकृयतामा भोजपुरका १६ सय ८८ जना अपाङगता भएका मानिहरुलाई सहयोग सामग्री वितरण


भोजपुर १४ पौष । करुणा फाउडेसन भोजपुरको सकृयतामा जिल्ला १६ सय बढी आपाङगता भएका मानिसहरुले विभिन्न खाले सहायता पाएका छन् । अपंगता रोकथाम तथा पुनस्थापना कार्यक्रम अन्तरगत करुण फाउन्डेसन, स्थानीय सरकार, प्रदेश सरकारको सहकार्यमा यहाँका अपाङ्गता भएकाहरुलाई विभिन्न खाले सहयोग अभियान थालिएको हो । तीन पक्षको आपसी साझेदारीमा भएको कार्यक्रम मार्फत अपाङ्गता भएका मानिसहको पहिचान गर्ने, उनीहरुलाई शारिरिक असक्ताको आधारमा परिचय पत्र वितरण गर्ने, आवश्यक पर्ने सहायक सामग्री वितरण लगाएतको काम गर्दै आएको करुणा फाउन्डेसन बरिष्ठ व्यवस्थापक कमला कोइरालाले बताए । फाउन्डेसनले जन्मजात हुने अपाङ्गता विषयमा सचेतना दिने कामसमेत गरिहेको छ ।

हालसम्म भोजपुरका १६ सय ८८ जना अपाङगता भएका मानिहरुलाई सहयोग गरिसकेको फाउन्डेसनले जनाएको छ । यो अभियानलाई आगमी दिनमा अझ प्रभावकारी बनाएर लैजाने करुणा फाउन्डेसनका जिल्ला संयोजक जनार्दन सुवेदीले बताए । करुणा फाउन्डेसनको अग्रसरतामा भएको अभियानले धेरै सहायता मिलेको अपाङ्गता भएका व्यक्तिहरुले बताएका छन् । गाउँघरसम्म पुगेरै परिचय पत्रसँगै अन्य सहयोग दिएपछि खुसी भएको उनीहरु खुसी भएका छन् ।

स्थानीय स्तरलाई लक्षित गरेर सञ्चालन भएको कार्यक्रम प्रभावकारी रहेको स्थानीय तहहरुले बताएका छन् । फाउन्डेसनले अपाङगता भएका व्यक्तीहरुको पहिचान गर्न सहयोग गर्ने भएकाले राज्यबाट पाउने सुविधा दिन सहजनता भएको छ । यसले स्थानीय तहलाईसमेत थप काम गर्न सहजता भएको साल्पासिलिछो गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत किरणनिधि तिवारीको भनाई छ ।  स्थानीयस्तरका सर्वसाधारण मानिसहरुलाई लक्षित गरेर सञ्चालन भएको कार्यक्रम प्रभावकारी देखिएको छ । पूर्ण रुपमा असक्त मानिसहरुलाई घरमा नै पुगेर आवश्यक सहयोग गर्ने भएकोले उनीहरुलाई प्रत्यक्ष राहत मिलेको सरोकारवाला पक्षले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार