पछिल्लाे २४ घण्टामा ७६६४ जना संक्रमित निको भए


काठमाडौं, ९ जेठ । आज देशभर ७ हजार ६६४ जना ‌ कोरोना संक्रमित निको भएका छन्। हालसम्म ३ लाख ९१ हजार ३४८ जना संक्रमित भई निको भइसकेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १८ हजार ९६५ जनाको पिसिआर र ९३१ जनाको एन्टीजेन परीक्षणमा ७ हजार ९१४ जनामा संक्रमण भेटिएको हो। पिसिआर विधिबाट ७ हजार ५९८ र एन्टीजेन विधिबाट ३१६ जना संक्रमित पुष्टि भएका हुन्।

यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप १९३ जना संक्रमितको मृत्यु भएको छ। देशभर ८७३ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार