ईन्सेक भोजपुरको बार्षिक पूर्व समिक्षा सम्पन्न


भोजपुर १५ पुस । वर्षभरि जिल्लाभित्र घटेका घटनाहरूको समिक्षा गरिएको छ । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० का लागि पूर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरिएको हो । सन् २०१९ को जनवरीदेखि हालसम्म सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका ७५ वटा घटनाको समिक्षा गरिएको हो ।जसमध्ये बलात्कारका १५, बलात्कार प्रयासका ९, कर्तव्य ज्यानका १०, घरेलु हिंसाका १३, कुटपिट तथा गालीगलौजका ७, बहुविवाह १०, गिरफ्तार ५, भौतिक संरचनामा क्षतीका ६ घटना घटेका छन् ।

जिल्ला समन्वय समितिका सभापति लक्ष्मण खड्काले मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरू इन्सेकले सङ्कलन गरेर नेपालको वास्तविक अवस्था देखाएको बताए । उनले स्थानिय तहसम्म पुगेर पालिकागत हिसाबले तथ्याङक संकलन गरे मानव अधिकारका घटना न्युनिकरणमा सहज हुने बताए । स्थानीय तहले मानव अधिकारसम्बन्धी सचेतनामूलक कार्यक्रम गर्नुपर्ने उनले बताए ।त्यस्तै प्रमुख जिल्ला अधिकारी नुरहरी खतीवडाले पनि इन्सेकले सङ्कलन गरेको घटनालाई हेर्दा समाजको चरित्र बिग्रदो अवस्थामा रहेकाले सबै एकजुट भएर समस्या समाधानका लागि लाग्नुपर्ने बताए ।

जिल्ला प्रहरीका डिएसपी नरबहादुर सलामी मगरले पनि प्रहरी सधैँ मानव अधिकारको क्षेत्रमा लाग्न प्रतिबद्ध रहेका बताए । जिल्लामा मानव अधिकारको प्रत्याभूतिका लागि सुरक्षाको काममा तादरुकताका साथमा लागिरहेको उनले बताए । यस्तै मानव अधिकारकर्मी तथा सामुदायीक सेवा केन्द्र भोजपुरकी अध्यक्ष लिलामाया तामाङले जिल्लामा बालिका तथा महिला बलात्कारका घटना दिनप्रतिदिन बढिरहेकाले यस्ता घटना न्यूनीकरणमा सरोकारवाला सबैको ध्यान जानु पर्ने बताईन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार