अरुण नदीमा युवतीको शव भेटियो


भोजपुर,२४ कार्तिक । भोजपुरको षडानन्द नगरपालिका वडा नम्वर ६ मा पर्ने अरुण नदिको लम्सुवाघाटमा अन्दाजी २५ बर्षीया अज्ञात महिलाको शव फेला परेको छ । आज विहान करिव ११ बजेको स्थानियले ढुङ्गाको च्यापमा च्यापिरहेको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
ईलाका प्रहरी कार्यालयका प्रमुख अमतलाल माझीको कमाण्डमा खटिएको प्रहरी टोलीले शव पानीवाट निकाल्ने र अनुसन्धान गर्ने कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका सुचना अधिकारी पाण्डव राजवंशीले जानकारी दिए ।

फेला परेको शव कार्तिक १३ गते जिल्ला भोजपुर षडानन्द नगरपालिका वडा नम्वर ५ कत्तिके घाटको झोलुङगे पुलबाट अरूण नदिमा हाम फालि बेपत्ता भएकी षडानन्द नगरपालिका ६ की ललिता विश्वकर्माको हुन सक्ने अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार