अहिले विश्वको ध्यान नेपालमा केन्द्रित छ : मुख्यमन्त्री राई (भिडियो सहित)


भोजपुर, १० कात्तिक ।
प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणले विश्वको ध्यान नेपालमा केन्द्रित भएको बताउनु भएको छ । नेपाल सवै क्षेत्रबाट सक्षम राष्ट्र रहेको बताउदै उहाँले विश्वका उच्चपदस्थ व्यक्तिको भ्रमण नेपालको लागि निकै ठुलो सफलता रहेको उहाँको भनाई थियो ।‘‘भर्खरै भएको चिनियाँ राष्ट्रपति सीजिङपिङको नेपाल भ्रमणले बताउछ कि नेपाल अब यस्तो राष्ट्र बन्दैछ, नेपाल धेरै सम्भावना बोकेको देश हो, अहिले विश्वका ठुला ठुला राष्ट्रको ध्यान नेपालमा केन्द्रित भएको छ, नेपालमा अब आधुनिक ढंगले विकास हुन्छ ।’’ उहाँले भन्नुभयो ।

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) भोजपुरले जिल्लाको विभिन्न ठाउँमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्न शनिबार गृह जिल्ला आउनु भएका राईले शोषित पीडित जनताको हितका लागि देश संघियतामा गएको बताउदै यसको रक्षा गर्नु सबैको दायित्व रहेको समेत बताउनुभयो । मुख्यमन्त्री राईले भन्नुभयो‘‘ देशमा संघियता कार्यान्वयन भएसंगै जनताले खुसीको अनुभव गर्न पाएका छन्, तर यो संघियताका कुनै दल वा समूहको महत्वकाक्षा पुरा गर्नको लागि ल्याइएको हैन, यसको जर्गेणा गर्नु हामी सबैको दायित्व हो ।’’
अहिले देशमा विकासको आधार तयार भईसकेको बताउदै, नेपाल विकास र समृद्धिको बाटोमा लागि सकेको समेत बताउनुभयो । मुख्यमन्त्री राईले भन्नुभयो‘‘ देशमा स्थायी शान्ती कायम भएको छ, राजनीतिक स्थायीत्व कायम भएको छ, कानुनी आधार तयार भएकोछ, हामीले नेतृत्व लिएको डेढवर्षमा प्रशासनिक आधार तयार भएको छ, विकासको महत्वपूर्ण ढाँचा तयार भएको छ, अव नेपाल बन्छ, मैले नेतृत्व गरेको प्रदेश १ पनि बन्छ, तपाईहरु ढुक्क हुनुहोस् । ’’
उहाँले स्थानीय तहमा आएको बजेटको सहि ढंगले खर्च गराउन सबैले खवरदारी गर्नु पर्ने बताउनुभयो । आफ्नो ठाउँमा भएको काममा एक कन्चो पनि बजेट तलमाथी हुन नदिन जनताले कडा निग्रानी गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार