भोजपुरको बास्तिममा आग्लागी हुदा एक घर जलेर नष्ट


भोजपुर २२ असोज । भोजपुरको पौवादुङ्मा गाउँपालिका वडा नम्बर -४ बास्तिममा आग्लागी बाट एक जलेर नष्ट भएको छ । वास्तिमको लेखगाँउका स्थानीय नकुल राईको घर जलेर जष्ट भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । आग्लागी बाट राईको ढुङ्गा माटोले बनेको फुसको छानो भएको २ तले घर जल्दा १४ लाख बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरिक्षक पाण्डव कुमार राजवंशीले जानकारी दिए ।आग्लागी बाट राईको घरमा भएको अन्नपात, भाडाँ, लत्ताकपडा काठ पात लगाएतका सामाग्री जलेर नष्ट भएको छ ।

मंगलबार विहान ११ बजे बाट लागेको आगो दिउँसो २ बजे पछि मात्र नियन्त्रणमा आएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार