गोरखा,१२ असोज । गोरखाको मनास्लु हिमाल आरोहणमा गएकी एक विदेशी नागरिकको मृत्यु भएको छ । हिमाल आरोहणको क्रममा तेस्रो शिविर पुगेकी पोल्यान्डकी आरोहीको शनिबार मृत्यु भएको हो ।
पोल्याण्डकी ६०८६७०४ नम्बरको राहदानीवाहक ५० वर्षीया रीता डोनेटा ब्लाङ्य (Rita Donata Bladyko) को मृत्यु भएको हो । उनी सेभेन समिट ट्रेक्स प्रालिबाट मनास्लु आरोहणका लागि गएकी थिइन् ।






















