राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा बाढी, पहिरो र डुबानले गरेको क्षतिप्रति दुःख व्यक्त


काठमाडौं, २९ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले बाढी, पहिरो र डुवान पीडितहरुको उद्दार तथा राहतमा जुट्न सबैलाई आह्वान गरेकी छन् ।

उनले अविरल वर्षाका कारण देशका विभिन्न भाष्मा आएको बाढी, पहिरो र डुवानबाट भएको धनजनको क्षतिप्रति दुःख समेत व्यक्त गरेकी छन् ।

उनले पीडितको उद्दार तथा व्यवस्थापन, घाइतेहरको उपचार, राहत वितरण र वेपत्ता भएकाहरुको खोजीमा राज्यका संयन्त्रहरुाई परिचालन गराउन सम्बधित निकायले ध्यान दिनेछ भन्ने विश्वास समेत व्यक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

उनले उद्दार तथा राहतमा जुट्न र प्राकृतिक प्रकोपबाट बच्न आवश्यक सावधानी अपनाउन समेत सबैलाई आह्वान गरेकी छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार