
भोजपुर, ५ चैत । भोजपुरमा चैत २० गतेबाट सातौँ महिला मेयर कप फुटवल प्रतियोगिता सञ्चालन हुने भएको छ । भोजपुर नगरपालिकाको मुख्य प्रायोजन तथा भोजपुर जिल्ला फुटबल संघको आयोजनामा चैत २० गतेदेखी २३ गते प्रतियोगिता सञ्चालन हुने भएको हो ।
प्रतियोगितमा प्रथम हुने टिमले ट्रफी मेडलको साथमा नगद रु. एक लाख ५५५ र द्धितिय हुने टिम नगद रु. ५१ हजार ५५५ पाउने भोजपुर जिल्ला फुटबल संघका अध्यक्ष प्रविनकुमार सुवालले जानकारी दिनुभयो । प्रतियोगितामा व्यक्तिगत विद्याको पुरस्कारसमेत रहने अध्यक्ष सुवालले बताउनुभयो ।
प्रतियोगितामा सहभागिता जनाउनको लागि चैत १६ गतेसम्म टिम दर्ता गराई सक्नु पर्ने आयोजकले जनाएको छ । प्रतियोगिता कोदारमा रहेको भोजपुर रंगाशालामा सञ्चालन हुनेछ ।
















