भोजपुरमा फागुन ६ र ७ गते वि– डिभिजन डबल ब्याडमिन्टन प्रतियोगिता हुने


भोजपुर, २४ माघ ।
भोजपुरमा खुला वि–डिभिजन डबल ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी भोजपुरले फागुन ६ र ७ गते प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगिताको विजेताले नगद रु. २५ हजार ट्रफी मेडल र प्रमाण र उपविजेताले नगद रु. १५ हजार र ट्रफी मेडल र प्रमाण पत्र पाउने युवा संघ भोजपुरका अध्यक्ष रविन थापाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार