
भोजपुर, ५ फागुन ।
भोजपुरको पौवादुङमा गाउँपालिका ५ सानोदुम्माको प्रायोजनमा सामुदायिक विद्यालय स्तरिय विभिन्न खेलकुद प्रतियोगिता हुने भएको छ । खेल क्षेत्रको विकासको लागि सानोदुम्मा माध्यमिक विद्यालयको आयोजनामा तीन दिने प्रतियोगिता सञ्चालन गर्न लागिएको हो ।
फागुन १३ गतेदेखी १५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा वडा भित्रका छ वटा विद्यालयको सहभागिता रहने जनाएको छ । सो अवसरमा कक्षा १–३, १०० मिटर, कक्षा ४–५, २०० मिटर, कक्षा ६–८, ४०० मिटर छात्र छात्रा दौड, कक्षा ६–८, कक्षा ९–१० छात्र छात्रा रिले दौड प्रतियोगिता हुने विद्यालयले जनाएको छ । त्यस्तै कक्षा १–३, कक्षा ४–५, कक्षा ६–८,कक्षा ९–१० छात्रा छात्र हाईजम्प, कक्षा १–३, कक्षा ४–५, कक्षा ६–८, कक्षा ९–१० छात्रा छात्र लङजम्प प्रतियोगिता हुने विद्यालयको भनाइ छ ।
त्यसैगरी कक्षा ६–८, कक्षा ९–१० छात्रा छात्र त्रिपलजम्प र कक्षा ६–८ फुटवल प्रतियोगिता सञ्चालन सानोदुम्ममा माध्यमिक विद्यालयका प्रधानाध्यापक खगेन्द्र ढकालले जानकारी दिनुभयो ।