
भोजपुर, १६ फागुन ।
भोजपुरको पौवादुङमा गाउँपालिका ५ सानोदुम्माको प्रायोजनमा सामुदायिक विद्यालयस्तरिय विभिन्न खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । खेल क्षेत्रको विकासको लागि सानोदुम्मा माध्यमिक विद्यालयको आयोजनामा भएको प्रतियोगितामा एक सय ५० जना विद्यार्थी पुरस्कृत भएका छन् ।
फागुन १३ गतेदेखी १५ गतेसम्म सञ्चालन गरिएको प्रतियोगितामा वडा भित्रका छ वटा विद्यालयको सहभागिता रहेको थियो । सो अवसरमा कक्षा १–३, १०० मिटर, कक्षा ४–५, २०० मिटर, कक्षा ६–८, ४०० मिटर छात्र छात्रा दौड, कक्षा ६–८, कक्षा ९–१० छात्र छात्रा रिले दौड, कक्षा १–३, कक्षा ४–५, कक्षा ६–८,कक्षा ९–१० छात्रा छात्र हाईजम्प, कक्षा १–३, कक्षा ४–५, कक्षा ६–८, कक्षा ९–१० छात्रा छात्र लङजम्प, कक्षा ६–८, कक्षा ९–१० छात्रा छात्र त्रिपलजम्प र कक्षा ६–८ फुटवल प्रतियोगितामा ए क सय ५० विद्यार्थी पुरस्कृत भएको वडाध्यक्ष बोमप्रसाद राईले जानकारी दिनुभयो ।