भोजपुरमा खुला वि–डिभिजन डबल ब्याडमिन्टन प्रतियोगिता शुरु


भोजपुर, ६ फागुन । भोजपुरमा खुला वि–डिभिजन डबल ब्याडमिन्टन प्रतियोगिता शुरु भएको छ । प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी भोजपुरको आयोजनामा प्रतियोगिता शुरु भएको हो ।

प्रतियोगितामा ३२ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ । राष्ट्रिय युवा नेपाल जिल्ला कमिटी भोजपुरका अध्यक्ष रविन थापाको अध्यक्षमा भएको कार्यक्रमको प्रमुख अथिति एमाले केन्द्रीय सदस्य तथा भोजपुर जिल्ला इन्चार्ज प्रशुराम अधिकारी रहनु भएको थियो ।

कार्यक्रममा एमाले जिल्ला कमिटी अध्यक्ष मक्कर खड्का, एमाले जिल्ला सचिव एक्सन राई, युव संघ स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश सह–इन्चार्ज ज्ञानेन्द्र राई, युवा संघ केन्द्रीय सदस्यहरु विमल रणपहेँली, सविन ढकाल, युवा संघ कोशी प्रदेश कमिटी सदस्य सरोज चाम्लिङ, प्रेस चौतारी भोजपुरका अध्यक्ष मोहन दुराललगायत उपस्थिति रहेको थियो ।

प्रतियोगिता फागुन ६ र ७ गते सञ्चालन हुने छ । प्रतियोगिताको विजेताले नगद रु. २५ हजार ट्रफी मेडल र प्रमाण र उपविजेताले नगद रु. १५ हजार र ट्रफी मेडल र प्रमाण पत्र पाउने युवा संघ भोजपुरका उपाध्यक्ष प्रकाश किरातले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार