भोजपुर शिद्धेश्वरका पाँच सय विद्यार्थी र शिक्षक पोसाक वितरण


युवराज विष्ट
भोजपुर, २२ चैत ।
भोजपुर नगरपालिका ४ दावामा रहेको शिद्धेश्वर माध्यमिक विद्यालयका विद्यार्थी र शिक्षकलाई पोसाक वितरण गएिरको छ । ‘कृष्णलक्ष्मी, लक्ष्मी श्रेष्ठ स्मृति प्रतिष्ठान’ले यहाँका बाल कक्षादेखी १२ कक्षासम्मका पाँच सय विद्यार्थी र शिक्षकलाई पोसाक वितरण गरेको हो ।
विद्यालयको ७७ औँ बार्षिक उत्सव तथा आफ्ना स्वर्गिय पिता माधवप्रसाद श्रेष्ठको स्मृतिमा विद्यालयका सम्पूर्ण विद्यार्थी र शिक्षकलाई पोसाक(ट्रयाक सुट) वितरण गरिएको प्रतिष्ठानका अध्यक्ष रोशन श्रेष्ठले जानकारी दिनुभयो । आफ्नो मातृभूमिको सेवा तथा समाजिक कार्य गर्ने लक्ष्यले स्थापित प्रतिष्ठानले विभिन्न समयमा सहयोगका कार्यक्रम गर्दै आएको उहाँको भनाइ छ ।

“मेरो बुवाले पनि यहि विद्यालयमा पढ्नु भएको हो”अध्यक्ष श्रेष्ठले भन्नुभयो,“हामी बाहिर भएपनि सामाजिक कार्यमा जुट््नु पर्छ भन्ने उद्धेश्यले प्रतिष्ठान गठन गरेका हौँ । स्वार्गिय बुवाको समाज सेवाको भावनालाई निरन्तरता दिन हामी तीन दाजुभाई(रोशन श्रेष्ठ,क्याप्टेन रमेश श्रेष्ठ र रविन श्रेष्ठ)ले विद्यार्थीहरुलाई पोसाक वितरण हौँ ।”
आफूसँग पैसा भएर भन्दापनि सवैमा समाज सेवाको भावना जागृत गराउनको लागि सामाजिक काम गरिरहेको उहाँको भनाइ छ । ‘समाज–राष्ट्र,सेवाप्रति प्रतिवद्ध’ भन्ने मुल नाराका साथ प्रतिष्ठानले सामाजिक कार्य गर्दै आएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
विद्यालयका विद्यार्थीहरुको एक रुपतासँगै पठनपाठनमा सहजता थप्ने लक्ष्यले विद्यालयका विद्यार्थीलाई आवश्यक पोसाक वितरण गरिएको क्याप्टेन रमेश श्रेष्ठले बताउनुभयो । यहिको माटोमा हुर्किएकाले मातृभूमिको सेवा गर्ने उद्धेश्यले विभिन्न्न सामाजिक काम गर्दै आएको उहाँको भनाइ छ ।
“हामी जहाँ भएपनि मातृभूमिलाई भुल्न हुन्न”क्याप्टेन श्रेष्ठले भन्नुभयो,“हामी सवै मिलेर सामाजिक काम गर्ने हो भने धेरै काम गर्न सकिन्छ । खास गरेर यहाँका विद्यार्थीलाई केहि सहयोग पुग्छ भनेर पोसाक वितरण गरेका हौँ ।”
विद्यार्थीहरुलाई पोसाक वितरणले पठनपाठनमा सहजता थप्ने विद्यालयका प्रधानाध्यापक सुवासचन्द्र दाहालले बताउनुभयो । निःशुल्क रुपमा पोसाक पाउँदा विद्यार्थी उत्साहित भएको उहाँको भनाइ छ । कतिपय आर्थिक अवस्था कमजोर भएका अभिभावकलाई प्रत्यक्ष लाभ पुगेको प्रधानाध्यापक दाहालले बताउनुभयो ।
“हाम्रो विद्यालयमा पोसाक वितरणले हामी ज्यादै खुसी छौँ” प्रधानाध्यापक दाहालले भन्नुभयो,“पोसाक वितरणले विद्यार्थीहरुमा एक रुपता कायम भएको छ भने आर्थिक अवस्था कमजोर भएका अभिभावकहरुलाई राहत पुगेको छ ।”

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार