भोजपुरमा विश्व वातावरण दिवसको अवसरमा वृक्षरोपण


भोजपुर, २३ भोजपुर । ५२ औँ विश्व वातावरण दिवसको अवसरमा भोजपुरमा बृक्षरोपन गरिएको छ । डिभिजन वन कार्यालय भोजपुरको आयोजनामा भोजपुर नगरपालिका १२ टक्सारको सडक किनारामा बृक्षरोपन गरिएको हो । सडक आसपासको क्षेत्रलाई हरियालीसँगै वातावरणमैत्री बनाउने लक्ष्यका साथ विरुवा रोपिएको डिभिजन वन कार्यालय भोजपुरका प्रमुख विरेन्द्र शाहले जानकारी दिनुभयो ।

सडक किनारामा कपुर, कल्की, गोल्ड मोहर, ज्याकाराण्डा, अम्बक लगायतको विरुवा रोपिएको उहाँको भनाइ छ । सडक आसपासका क्षेत्रमा यो वर्ष चार सय विरुवा रोप्ने लक्ष्य रहेको सहायक वन अधिकृत खुद्रुस मियाले बताउनुभयो । कार्यक्रममा भोजपुर नगरपालिका मेयर कैलास कुमार आले विभिन्न सरकारी कार्यालय प्रमुख तथा प्रतिनिधि, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी विभिन्न संघ संस्थालगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार