रामप्रसादराई गाउँपालिकामा दुई दिने निशुल्क स्वास्थ्य शिविर शुरु


भोजपुर २६ फागुन । रामप्रसादराई गाउँपालिकामा दुई दिने निशुल्क स्वास्थ्य शिविर शुरु भएको छ । गाउँपालिकाका गरिव तथा विपन्न नागरिकलाई सेवा दिने उदेश्यले शिविरको आयोजना गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको अयोजनामा सञ्चालन भएको शिविरमा गुरासे कल्याणकारी विकास प्रतिस्ठा तथा गण्डकी मेडिकल कलेज पोखराको प्राविधिक सहयोग रहेको छ ।

तीन पक्षको आपसी साझेदारीमा भएको कार्यक्रम मार्फत विभिन्न स्वास्थ्यमा समस्या भएका मानिसहरुको पहिचान गर्ने, उनीहरुलाई शारिरिक असक्ताको आधारमा औषधी वितरण गर्ने र थप उपचार गर्नु परेमा बाहिर लगेर समेत उपचारमा सहयोग गर्ने गाउँपालिका अध्यक्ष विजय राईले बताए । स्थानीयस्तरलाई लक्षित गरेर सञ्चालन भएको कार्यक्रम प्रभावकारी रहेको प्रदेश १ का सभामुख प्रदिप कुमार भण्डारीले बताए । यसरी विशेषज्ञ चिकित्सक मार्फत शिविर सञ्चालन गर्दा सहजरुपमा सेवा पाउने सभामुख भण्डारीले बताए ।

पूर्ण रुपमा गरिव असक्त मानिसहरुलाई गाउँ घरमा नै पुगेर परिक्षण गरि उपचार गर्ने भएकोले उनीहरुलाई प्रत्यक्ष राहत मिलेको गाउँपालिका उपाध्यक्ष सम्झना राईले बताईन । पालिकाले सञ्चालन गरेको स्वास्थ्य शिवीरले धेरै राहात मिलेको सेवा ग्राहीहरुले बताएका छन् । आफ्नै गाउँघरमा स्वास्थ्य सेवा लिन पाउदा उनिहरु खुसी भएको स्थानिय तुलसा पाण्डेले बताईन । शिविर फागुन २६ र २७ गते सञ्चालन हुने पालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार