जिवित कुमारीलाई मासिक भत्ता ५० हजार – पूर्व गणेश र कुमारको पनि भत्ता बढ्यो


काठमाडौँ, १६ भाद्र । काठमाडौँ महानगरपालिकाले पूर्वकुमारी, पूर्वभैरव र पूर्व गणेशलाई दिदैँ आएको मासिक भत्तामा वृद्धि गरेको छ । त्यसैगरी जिवित कुमारी र जिवित कुमारीको स्याहार–सुसार गर्ने चिताइदाराको पनि मासिक भत्तामा महानगरपालिकाले बृद्धि गरेको छ ।

राजधानीमा आयोजित पूर्वकुमारी, पूर्वभैरव र पूर्व गणेशश्रीपद भत्ता वितरण तथा इन्द्रजात्रा व्यवस्थापन समितिलाई अनुदान दिन आयोजना गरेको कार्यक्रममा काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले यस्तो घोषण गर्दै भत्ता समेत वितरण गरका हुन ।
यससँगै हरेक महिना पूर्व कुमारीले १५ र पूर्व गणेश र पूर्व भैरवले १२–१२ हजार प्राप्त गर्नेछन् । पूर्वकुमारीले भने १५–१५ हजार प्राप्त गर्नेछन् । यस अघिसम्म पूर्व भैरव र गणेशले ८–८ हजार र पूर्व कुमारी र चिताइदारले १०–१० हजार प्राप्त गर्दै आएका थिए ।

त्यसैगरी जिवित कुमारी र चिताइदारले २५–२५ हजार प्राप्त गर्दै आएका थिए । अब उनीहरुले ५०–५० हजार प्राप्त गर्नेछन् । पूर्व कुमारी ९, पूर्व गणेश ६ र पूर्वभैरव ७ जना छन् । त्यसैगरी काठमाडौँ महानगरपालिकाले इन्द्रजात्रा व्यवस्थापन समितिलाई १३ लाख ९३ हजार सात सय रुपैयाँको चेक हस्तान्तरण गरेको छ । यस वर्षदेखि भने करीब २४ लाख रुपयौँ सहयोग गर्ने महानगरपालिकाले प्रतिवद्धता व्यक्त

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार