
ललितपुर, १४ भाद्र । देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश शुक्रबार घर–घरमा भित्र्याइएको छ । हरेक वर्षको भाद्र कृष्णऔँसीका दिन मनाइने कुशे औँसीका दिन ब्राह्मणद्वारा विधिपूर्वक कुश काट्ने गरिन्छ ।
यस दिन ब्राह्मणद्वारा काटिएको कुशलाई घरमै राख्ने र आफ्ना जजमान कहाँ लगिदिने चलन छ । कुश घरघर बाँड्ने भनिए पनि कुशको अभाव भएकाले औँसीका दिन कुश बाड्न नै समस्या भएकोे जजमानी गर्नेहरूले बताएका छन् ।ललितपुर बडिखेलका दामोदर आचार्यले आफ्नो घरमै रोपेको कुश मुसाले खाइदिँदा औँसीका लागि बाँड्न कुशको अभाव भएको बताए । कुश नै छैन, के गर्नु मुसाले कुशको जरा नै खाइदिने भएकाले त्यत्ति कुश नै भएन , उनले भने , कुशे औँसीका लागि बिहानै एक जना जजमानका घर गएर कुश काट्नुछ, त्यहीको कुश सबैतिर बाँडिन्छ ।
चापागाउँका माधवप्रसाद शर्माको पनि व्यथा उस्तै छ । बारीमा लगाएको कुश यसपालि त्यत्ति मात्रामा आएन, उनले भने, लेलेबाट ल्याउने भनिएको कुशको घारी नै अविरल वर्षाले गर्दा पहिरोले लग्यो । बागडोलका गेहेन्द्र राज अर्यालले भने कालीमाटीबाट एक हजारमा एक कल्ली कुश किनेका छन् । पछिल्लो समय कुशलाई जोगाउने र यसको खेती गर्ने परिपाटी कम हुँदै पनि गएको गोदावरी लेलेका ज्येष्ठ नागरिक भुना सिल्वाल बताउँछन् । कहाँ कुशको महŒव अहिलेका पुस्ताले बुझ्छन् र रु उनले भने ।त्यही कुश वर्षभरी गरिने देव तथा पितृकार्यमा प्रयोग गरिने प्रचलन छ । तर, त्यही कुशको अभाव हुँदा संस्कृति धान्नै कठिन हुने बूढापाकाको भनाइ छ । कुश घरमा राख्नाले परिवारको कल्याण हुने, सुख शान्ति मिल्ने धार्मिक विश्वास छ ।
नुहाँउदा, जप स्नान गर्दा, दान गर्दा, पाठपूजा, पितृ कार्यमा समेत प्रयोग हुने बहुउपयोगी कुशलाई हिन्दू धर्मावलम्बीहरूले महŒवका साथ हेर्दछन् । कुशासनमा बसेर पूजा गर्नु, कुशको औंठी देव कार्यमा साँहिली औंलामा र पितृ कार्यमा चोर औंलामा लगाउनु, कुश बटारेको मोटकलाई कम्मरमा सिउरिनु धार्मिक विधि हुन् । मिठामिठा खानेकुरा तथा विभिन्न उपहार दिएर शुक्रबार बुबाको मुख हेर्ने पर्व मनाइएको छ ।