
काठमाडौं । काँग्रेसका युवा नेता तथा सांसद गगन थापाको नेतृत्वमा सडक विभाग पुल्चोकमा धर्ना सुरु भएको छ । धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै सांसद थापाले सडकबाट अवाज उठाउँदा पनि नसुनिएपछि धर्ना सुरु गरिएको बताएका छन् । केही समयअघि थापाले क्षेत्र नम्बर ४ का सडक अलपत्र पार्ने ठेक्केदारलाई कार्वाहीको माग गर्दै सडक विभागमा पत्र समेत पठाएका थिए । पत्र पठाएपनि त्यतिबेला उनीहरुलाई कारर्वाही गरिएको थिएन । कारर्वाही गर्नुको साटो कपन क्षेत्रमा खानेपानी आयोजना निर्माणको जिम्मेवारी पनि सडक अलपत्र पार्ने कम्पनीलाई नै दिइएको भन्दै उनीहरुले चर्को विरोध गरेका छन् ।
यो विषयमा संसदमा मन्त्रीलाई प्रश्न सोध्दा मन्त्रीले जवाफ नै नदिएको सांसद थापाले बताए । अबको एक हप्ताभित्र सो क्षेत्रमा सडक र खानेपानीको निर्माण कार्य अघि नबढे सिंहदरबारभित्रै धर्ना बस्ने उनले चेतावनी दिए । धर्नामा उनीसहित प्रदेशसभा सांसद र स्थनीयवासीहरू सहभागि रहेका छन् ।




















