बाजुरा, १० भाद्र । त्रिवेणी नगरपालिकाले मालागाड खोलामा सवारी साधान गुढ्ने काठेपुल निर्माण गरेको छ । नगरपालिकामा बर्षादको समयमा पनि नियमित सडक सञ्चालनका लागि सवारी साधान गुड्ने गरी काठेपुल निर्माण गरेको हो ।
बुढीगंगा नदी पारी राखिएका जिप र ट्याक्टर सेवा नियमित गर्न नगरपालिकाले गाडी गुड्ने काठेपुल निर्माण गरिएको नगर प्रमुख रामसिंह रावलले बताएका छन् । काठेपुल निर्माणसँगै नगरपालिकाको तोली र छतारा क्षेत्रमा सवारी साधान नियमित भएका छन् ।
बर्षादको समयमा मालागाड खोलामा पानीको बहाहबढेपछि सडक अवरुद्ध बनेको थियो । नगरपालिकाले स्थानीयको सहजताकालागि महिनादिनको अवधी लगाएर पुल निर्माण गरेको हो । पुलमा ठूला सवारी साधानलाई सञ्चालन अनुमति नदिएपनि जिप र ट्याक्टर सञ्चालनमा आएका छन् ।जनताको माग संवोधन गर्नु र आवश्यकता बुझेर लगानी गर्नु नगरपालिकाको पहिलो काम हुने भएकोले पुल निर्माण गरिएको उपप्रमुख राधीका सुनारले बताएकी छन् । काठेपुल निर्माणपछि अव मौरे, तोली, छतारा सडक नियमित सञ्चालनमा आएको छ ।
काठेपुल निमार्ण भए पनि त्रिवेणी नगरपालिका बासीलाईसहज भएको त्रिवेणी नगरपालीका ४ का स्थानीय रण बहादुर साउँदले बताएका छन् । यात्रा गर्न सहजता सँगै उपभोग्य समानको ढुवानी खर्चमा समेत कमै खर्च हुनेहुँदा जनतालाई राहत पुगेको छ ।