आईपीएल डेब्यूमै जोसेफले तोडे १२ वर्ष पुरानो रेकर्ड, लिए ६ विकेट


इन्डियन प्रिमियर लिग९आईपीएल । त्यसमा पनि सनराइजर्स हैदराबादविरुद्धको खेलमा डेब्यू । लसिथ मलिंगाको ठाउँमा बलिङ गर्न आउनु ।

वेस्ट इन्डिजका बलर अलजारी जोसेफका लागि चुनौतीपूर्ण थियो । टी–२० क्रिकेटमा खासै राम्रो बलिङ फिगरको इतिहास नभएका अलजारीले शनिबारको खेलमा कमाल गरे ।

जोसेफले सनराइजर्स हैदराबादका डेभिड वार्नर, विजय शंकर, दीपक हुडा, रशिद खान, भुवनेश्वर कुमार र सिद्धार्थ कौललाई आउट गरे ।

अलजारी जोसेफले सन् २००८ मा भएको आईपीएलको पहिलो संस्करणमा सोहेल तनबिरले राजस्थान रोयल्सका लागि बनाएको रेकर्ड तोडेका छन् । पहिलो संस्करणको आईपीएलमा चेन्नई सुपर किंग्सविरुद्ध तनबिरले ४ ओभर बलिङ गर्दै १४ रन खर्चिएर ६ विकेट लिएका थिए ।

अलजारी जोसेफको शानदार बलिङसँगै मुम्बई इन्डियन्सले १३६ रनको कम योगफल तयार गरे पनि सनराइजर्स हैदराबादलाई ४० रनले हराउन सफल भयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार