पौवादुम्मा गाउँपालिकाको प्रथम गाउ सभा सम्पन्न,यस्तो छ निती तथा कार्यक्रम


भोजपुर १५ माघ ।
पौवादुम्मा गाउँपालिकाको प्रथम गाउँसभा सम्पन्न भएको छ । गाँउ सभाले २२ करोड २९ लाख ८१ हजार वजेट पारित गरेको छ । जस मध्येबाट प्रत्येक वडामा एक / एक करोडको दरले रकम विनियोजन गरिएको छ ।  गाउँपालिका

गाउँसभाले सडक विद्युत र खानेपानीलाई पहिलो प्राथमिकतामा वजेट विनियोजन गरेको हो । त्यस्तै गाउँपालिकाको पाश्वचित्र तथा गुरु योजना निर्माण लगाएत विभिन्न शिर्षकमा पनि रकम विनियोजन गरिएको छ ।

सभाले खानेपानी, सडक, विद्युत, क्रृषि, पर्यटन, सञ्चार, खेलकुद स्वास्थ, शान्ति सुरक्षा, र शिक्षा पौवा दुम्मावासीलाई उपलव्ध गराउने गाउँपालिकाको इच्छा भन्ने नारा समेत पारित गरेको छ । त्यस्तै वडा नं ६ का वडा अध्यक्ष दिपक राईलाई गाउँपालिकाको प्रवत्ता तोक्ने निर्णय समेत गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार