

भोजपुर, ४ माघ ।
प्रदेश नम्वर एकको राजधानी धनकुटा वनाउनु पर्ने माग राख्दै गरिएको धनकुटा वन्दले भोजपुर सहित अन्य चार ओटा जिल्लाको जनजिवन प्रभावित वनेको छ ।
कोसी राजमार्ग अन्तर्गत पर्ने धनकुटा वन्दको कारण भोजपुर, संखुवासभा, तेह्रथुम, र धनकुटा लगाएत जिल्लाको जनजिवन प्रभावति भएको हो । भोजपुर सदरमुकामबाट धरानको लागि छुटेका वसहरु जरायो देखि लेगुवा सम्म पुगेर अलपत्र पर्दा यात्रुलाई सास्ती भएको छ । त्यस्तै धरानबाट भोजपुरको लागि छुटेका वसहरु पनि भेडेटारमा नै अलपत्र परेको संयुक्त बस व्यावसायी संघ भोजपुरका अध्यक्ष गोपाल मोक्तालन जानकारी दिए ।
भोजपुरबाट साना ठुला गरि १० सवारीका साधन धरानको लागि छुटेका तामाङ्गको भनाई छ । अन्य जिल्लाबाट छुटेका वस पनि अलपत्र विच वाटोमै अलपत्र परेका छन् ।
३४ दिनदेखि चलिरहेको आन्दोलन र हडतालले धनकुटा क्षेत्रको जनजीवन पनि प्रभावित भएको छ । बुधबार सरकारले प्रदेश नम्बर १ को अस्थायी राजधानी विराटनगर तोकेपछि धनकुटाको आन्दोलन झनै उग्र बनेको हो ।