भोजपुर, ४ माघ ।
भोजपुर वजार क्षेत्रको व्यावस्थापन गरिनु पर्ने भन्दै स्वतन्त्र विद्यार्थी युनियनले भोजपुर नगरपालिकाको कार्यालयलाई ध्यानकर्षण पत्र वुझाएको छ ।
भोजपुर नगरपालिका –७ स्थित लोकतान्त्रिक गेट र आसपासका क्षेत्रमा निर्माणाधिन नयाँ भवनको कारण वजार क्षेत्र अस्तव्यास्त भएको भन्दै त्यसको व्यावस्थापनको लागि भोजपुर नगरपालिकाका मेयर कैलास कुमार आलेलाई ध्यानकर्षण पत्र वुझाएको हो । घर निर्माणको क्रममा निर्माणका सामग्री वाटोमा राखी दिँदा विद्यार्थी, जिल्ला अस्पतालमा आउने विरामी तथा सर्वसाधरणलाई आवत जावतमा समस्या भएको भन्दै त्यस्ता साम्रगी हटाउनमा माग गर्दै ध्यानाकर्षण पत्र वुझाएको स्वतन्त्र विद्यार्थी युनियन भोजपुर सभापति प्रकाश शिं राईले जानकारी दिए ।
यस्ता क्रियाकलापहरु नियन्त्रणको जिम्मा नगरपालिकाको रहेको भन्दै त्यस्ता कार्य नियन्त्रण गरि मनोमानी ढंगले प्रस्तुत हुने निर्माण व्यावसायीलाई कारवाहीको दायरामा ल्याउन ध्यानकर्षण पत्र मार्फत माग गरिएको छ ।