
धनकुटा, ३ माघ ।
बन्द अवज्ञा गरेको भन्दै आज धनकुटामा एउटा मोटरसाईकल तोडफोड गरिएको छ । धनकुटा–६ स्थित आत्मारा ढाटमा को.२६ प ५६११ नम्बरको मोटरसाईकल तोडफोड गरिएको हो । धनकुटामा तोडफोड गरिएको मोटरसाईकल ।
प्रादेशिक राजधानीका लागि हरेक हिसावले उपयुक्त रहेको धनकुटालाई राजधानी घोषणा गर्न सरकारले आनाकानी गरेको भन्दै आज देखि पुनः अनिश्चितकालिन आमहड्ताल आवहन गरिएको हो । आमहड्तालका कारण बिहानैदेखि धनकुटाको जनजीवन प्रभावित बनेको छ ।संगलोखबर