भोजपुरमा मतदाता शिक्षा कार्यक्रम शुरु


भोजपुर २५ कात्तिक ।
जिल्ला निर्वाचन कार्यालय भोजपुरले निर्वाचनको तयारी तिव्र रुपमा भईरहेको जनाएको छ । शनिवार निर्वाचनलाई कसरी व्यवस्था गर्ने भन्ने विषयमा राजनितिक दल तथा सञ्चारकर्मीसंग भएको छलफल कार्यक्रम मार्फत कार्यालयले यस्तो जानकारी दिएको हो । शनिवारबाट मतदता शिक्षा कार्यक्रम शुरु भएको कार्यालयको भनाई छ ।

जिल्लामा एक सय ४८ जना मतदाता शिक्षा कार्यकर्ता खटेको जानकारी दिएको छ । साथै यस पटकको निर्वाचनमा प्रदेश र संघको निर्वाचनमा एकै चोटि भएकाले मतदान गर्ने तरीका पनि फरक रहेको जनाइएको छ । प्रदेश र प्रतिनिधी सभाको फरक फरक हुने र समानुपातिक तर्फ एउटै मतपत्र गरी ३ वटा मतपत्र हुने कार्यालय जानकारी दिएको छ ।
यस पटकको दुई ओटा निर्वाचन एक चोटी गर्न लागिएको व्यावस्थापनमा केहि समस्या रहेको जिल्ला निर्वाचन अधिकृत राजेन्द्र प्रसाद पोखरेलले वताए । साथै दुवै निर्वाचन एकै पटक हँुदा तीन ओटा मतपेटिका रहने भएकोले मतदातलाई सचेत भएर मत खसाल्न आग्रह गरेका छन् ।
त्यस्तै छलफल कार्यक्रममा बोल्दै निर्वाचन आयोगका अनुगमन कर्ता ज्ञानेन्द्र पौडेलले निर्वाचनलाई स्वच्छ धादली रहित बनाउन राजनितिक दलको र सञ्चारकर्मीको भुमीका महत्वपूर्ण हुने भन्दै सहयोग गर्न आग्रह गरे । भोजपुरमा पहिलो चरणमा मंसिर १० मा निर्वाचन हुदैछ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार